सिंहदरबार घेर्न गएका नागरिक अभियान्ताहरु पक्राउ

काठमाण्डौं । स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै आन्दोलनरत नागरिक समाजका अगुवाहरूलाई आज सिंहदरबार दक्षिण गेट अघि बाट पक्राउ परेका छन् ।

बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भइरहेका बेला लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेतीसहित नागरिक अभियन्ता विमल अर्याल, अर्चना थापा, लगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

नागरिक आन्दोलनको ‘सिंहदरबार मार्च’मा प्राध्यापक डाक्टर गोविन्द केसीसमेत उपस्थित भएका छन् । कार्यक्रम सुरु नहुँदै अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यक्रम प्रभावित भएको छ ।

वृहत् नागरिक आन्दोलनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनीतिकरण र भ्रष्टाचार विरुद्ध आज सिंहदरबार दक्षिण गेट अगाडी धर्ना कार्यक्रम गर्दै गर्दा उनीहरू गिरफ्तार परेका हुन् ।

मुख्य समाचार समाचार समाज