सर्वोच्चको फैसलापछि एमाले एकजुट हुन्छः उपाध्यक्ष गौतम

हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभामै बजेट प्रस्तुत र पारित गर्ने व्यवस्था गर्नुपर्ने बताउनु भएको छ ।

आज राष्ट्रियसभामा बोल्दै उहाँले संविधान संशोधन गरेर भएपनि प्रतिनिधिसभा नभएको बेला राष्ट्रिय सभामा बजेट प्रस्तुत गर्ने र पारित गर्ने व्यवस्था गर्नुपर्ने बताउनु भएको हो । प्रतिनिधि सभा विघटित अवस्थामा हुँदा राष्ट्रिय सभामा बजेट छलफलदेखि लिएर सार्वजनिक महत्वको विषयमा छलफल चलाउनुपर्ने उहाँको भनाई थियो ।

राष्ट्रियसभा स्थायीसभा भएको स्मरण गराउँदै उहाँले यसवर्ष अध्यादेशबाट बजेट आएकोले अर्थमन्त्रीले राष्ट्रिय सभामा आएर बजेट बाचन गर्नुपर्ने माग समेत गर्नुभयो । फरक प्रसंगमा उहाँले सर्वोच्चको फैसलापछि एमाले एकजुट हुने बताउनुभयो । अध्यक्ष केपी शर्मा ओलीले २०७५ साल जेठ २ को अवस्थामा केन्द्रीय कमिटी बैठक बोलाएपछि मात्रै आफू उक्त बैठकमा गएको उहाँको भनाइ थियो ।००००

मुख्य समाचार राजनीति