कोरोनाविरुद्ध खोपको अभाव नहुने प्रधानमन्त्री ओलीको उद्घोष

काठमाण्डौ/ सरकारले आगामी दिनमा कोरोनाविरूद्धको खोपको अभाव नहुने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गर्दै खोप आउने क्रम सुरु भएको हुदा खोपको अभाव नहुने बताउनु भएको हो । अब निरन्तर खोप आउने पनि उहाँले बताउनु भएको छ । ठुलो संख्यामा खोप उपलब्ध गराउनको लागि सरकार प्रयारत रहेको उहाँको भनाइ छ ।

सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कुरामा अहिले पनि ध्यान दिनु पर्नेमा प्रधानमन्त्रीको ओलीको जोड छ । अहिले जनतामा सचेतनाको मात्रा बढेको प्रधानमन्त्री ओलीले बताउनु भएको छ । यस वर्षको अन्त्यसम्ममा मोटामोटी सबै नागरिकलाई खोप वितरण गरीसक्ने लक्ष्यमा सरकार रहेको छ ।००००

मुख्य समाचार