ओलीले बोलाएको बैठकमा माधव नेपाल नजाने

काठमाण्डौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठकमा सहभागी नहुने बताएका छन्।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपालखबरसँग प्रतिक्रिया दिँदै नेता नेपालले स्थायी कमिटीमा सहभागी नहुने बताए।

आज साँझ ओलीले एमाले पार्टी विवाद समाधान गर्न गठित गरेको कार्यदलले हिजो बेलुका गरेको सहमतिका दश बुँदालाई अनुमोदन गर्न स्थायी कमिटी बैठक बोलाएका थिए।
‘ओलीले बोलाएको स्थायी कमिटी बैठकमा गइदैन,’ नेता नेपालले भने।

मुख्य समाचार समाचार