जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीको योगदान अविस्मरणीय – कमल थापा

मकवानपुर – पुर्व उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले जनादेशबाट विजयी भएका केपी ओलीलाई परमादेशबाट पराजित गरिएको टिप्पणी गरेका छन् ।

सामाजिक संजाल ट्विट गर्दै थापाले निवर्तमान प्रमका अविस्मरणीय योगदान भन्दै लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त दावी कायम गर्दै नेपालको ‘चुच्चे’नक्सा निर्माण तथा पृथकतावादी सिके राउत र विप्लव माओवादीको राष्ट्रिय मूलधारमा प्रवेश गराउनुलाई प्रशंसा गरेका छन् ।

थापाको ट्विट जस्ताको तस्तै:
“निवर्तमान प्रम @kpsharmaoli को अविस्मरणीय योगदान:
-लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त दावी कायम गर्दै नेपालको ‘चुच्चे’नक्सा निर्माण तथा
-पृथकतावादी सिके राउत र विप्लव माओवादीको राष्ट्रिय मूलधारमा प्रवेश

जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना “

मुख्य समाचार राजनीति