ब्युँतियो युथफोर्स, क्षितिज थेवे बने कमाण्डर

 

काठमाडौं / नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युथ फोर्स ब्युँताएको छ ।
शान्ति प्रक्रियालगत्तै माओवादी वाईसीएलको ज्यादतीविरुद्ध २०६५ सालमा युवा संघले तत्कालीन युवा संघ कोषाध्यक्ष महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरेको थियो ।

राष्ट्रिय युवा संघ नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युथफोर्स ब्युँतिएको घोषणा गरेको हो ।
एमालेका प्रभाबसाली नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्सले विगतमा जस्तै सबैखाले ज्यादतीविरुद्ध जनताको सुरक्षा गर्नुपर्ने बताए ।

युथफोर्सको प्रमुखमा क्षितिज थेवे र उपप्रमुख पुष्प श्रेष्ठ चयन भएका छन् ।

मुख्य समाचार राजनीति समाचार