देउवा सरकारको उपहार, सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बढ्यो

काठमाडौं। शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै सरकारले लामो दुरीका सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।

यातायात व्यवस्था विभागले आज जारी गरेको सूचनाअनुसार यात्रुबाहक यातायातको भाडा २८प्रतिशतले बढेको हो। योसँगै विभागले पहाडमा चल्ने मालबाहक सवारीसाधनको भाडा २० र तराईमा चल्ने मालबाहक सवारीको भाडा २६प्रतिशतले बढेको विभागले जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय बजारको बढेको पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर नेपालमा परेको बताइएको छ।

मुख्य समाचार समाचार