क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर देशभर यातायात सञ्चालनको तयारी

हेटौंडा । क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर देशभर यातायात सञ्चालन तयारी सुरु भएको छ । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले साउन १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिने तयारी गरेका हुन् ।

निषेधाज्ञाबारे निर्णय गर्नको लागि आज साँझ तीन जिल्लाका सीडीओहरुको बैठक बस्ने छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूले देशभर बस सञ्चालन तयारीका कारेमा निर्णण गर्ने छन् ।

लामो दुरीको यातायातमा २८ प्रतिशत भाडा वृद्धि गरेको छ । सरकारले कोरोनाको कारण सबै क्षेत्र बन्द भएको समयमा सर्वसाधारणलाई मार पार्ने काम गरेको छ । खान र बस्नै समस्या भइरहेको समयमा सरकारले गरेको भाडा वृद्धिको सबैतिर विरोध भइरहेको छ ।

अर्थ मुख्य समाचार राजनीति समाचार समाज