एमालेको स्थायी कमिटी बैठक शुक्रबार बस्ने, क-कस्लाई बोलाए ओलीले ?

काठमाण्डौं । नेकपा एमालेको स्थायी कमिटी बैठक पनि शुत्र।बार बस्दैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दिउँसो १ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बस्नेगरी स्थायी कमिटी बैठक बोलाउनु भएको हो । ओलीले ३३ सदस्यीय स्थायी कमिटी बैठक बोलाउनुभएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा लगायतका नेताहरु पनि सहभागी हुनुहुने छ । यस्तै, तत्काली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा एमालेका तर्फबाट थपिएका स्थायी कमिटी सदस्यलाई पनि आजको बैठकमा बोलाइएको तामाङले जानकारी दिनुभयो ।०००

मुख्य समाचार राजनीति समाचार