युनियन लाइफको आईपीओ बाँडफाँड, कसरी हेर्ने र कति पर्यो?

हेटौंडा । युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । बिहीबार साँझ गोलाप्रथा प्रणालीबाट भएको कम्पनीको आईपीओ बाँडफाँड भएको हो ।

कुल आवेदकहरुमध्ये ५ लाख ८० हजार ५०० जनाले १०–१० कित्ताका दरले सेयर पाएका छन् । भने १५ लाख ३५ हजार जनाको हात खाली भएको छ ।

कुल ६४ लाख ५० हजार कित्ताका लागि कम्पनीले आईपीओ जारी गरेकोमा २१ लाख ८२ हजार ७ सय ७५ जनाले आवेदन दिएका थिए ।जसमध्ये २१ लाख १७ हजार आवेदक छनोटका लागि योग्य भएका थिए ।

कम्पनीले गत असार २४ गते देखि २८ गते सम्म खुल्ला गरेको कूल सेयर ६४ लाख ५० हजार कित्ता सेयर मध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

आईपीओको नतिजा प्रभु क्यापिटलको वेभसाइट तथा सिडिएससीको वेभसाइट एवं युनियन लाइफ इन्स्योरेन्सको वेबसाइटबाट हेर्न सकिन्छ ।

अर्थ मुख्य समाचार समाचार समाज