नेपाली कामदार कोरीया जाने बाटो खुल्यो, अब छिट्टै CCVI भर्न पाउने

काठमाण्डौ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत नेपाली कामदार लैजान राखेका तीन सर्तलाई नेपाल सरकारले स्विकारेपछि कामदार जाने बाटो खुलेको छ ।

कोरियाले कामदारको सिधा हवाई उडान हुनुपर्ने, कोभिड बिमा हुनुपर्ने र आफ्नै खर्चमा १४ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखेकोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय उक्त शर्तलाई स्विकारेको हो । रोजगारीको अवसरलाई ध्यान दिई कोरियाको सर्तलाई मन्त्रालयले स्विकारेको श्रम सचिव सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो । विगत १६ महिनादेखि रोकिएको कामदार लैजाने प्रक्रिया अब छिट्टै सुरु हुने उहाँको भनाई छ । श्रम मन्त्रालयले कोरिया जान नपाएपछि संगठित कामदारका प्रतिनिधिसँग छलफल गरेपछि कोरियाका सर्त स्विकार गरेको हो । नेपालले आफ्ना सर्त स्विकारेपछि कोरियाले पहिलो चरणमा प्रतिबद्ध कामदारलाई लैजाने तयारी गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए । प्रतिबद्ध कामदार ३ हजार छन् । चार वर्ष कोरिया बसेर फर्केका कामदारलाई सोही रोजगारदाताले चाहेमा प्रतिबद्ध कामदारका रूपमा लैजान पाउँछन् । ‘पहिला नै रोजगारदातासँग प्रतिबद्ध कामदारको करार सम्झौता भइसकेको छ । उनीहरूका साथमा भिसा पनि छ । भिसाको म्याद सकिएको रहेछ भने स्वतः नवीकरण हुन्छ,’ महानिर्देशक दवाडीले भन्नुभयो ।

वैदेशिक रोजगार विभागको महानिर्देशकमा दवाडी – Dcnepal
वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी

 

‘अब कोरियाबाटबाट कामदार पठाइदिनुस् भन्नासाथ हामी कामदार उडाइदिन्छौं । त्यसको सबै तयारी सकिइसकेको छ ।’ कोरियाले नेपाललाई कोभिडको जोखिमको ‘पहेंलो सूची’ राखेको छ । अन्य देशले पनि कोरियाको सर्तलाई मानेको देखियो । सर्त मान्ने देशबाट कामदार मात्रै कामदार लैजाने नीति कोरियाको छ,’ दवाडीले भन्नुभयो ।

लागत खर्च बढ्ने भए पनि कामदारको आपत्ति छैन । खुसी नै देखिएका छन् ।’ सामान्य अवस्थामा कोरिया जाने कामदारको लागत खर्च ८ सय १६ डलर करिब ९० हजार रुपैयाँ लाग्ने गरेको छ । १४ दिनको क्वारेन्टाइन र सिधा हवाई उडान भएपछि लागत खर्च झन्डै तेब्बरसम्म पर्न आउँछ । सामान्यतः कोरियाको थ्रीस्टार होटलको प्रतिदिन खर्च ६५ डलर छ ।

कोरियाले कमिटेड कामदार कोरिया भित्रिएको केहि दिन पछि नयाँ कामदार पनि लान सुरु गर्नेछ । त्यसका लागी अब EPS Korea साखाले धमाधम CCVI भर्ने प्रक्रिया सुरु गर्ने बताएको छ।

मुख्य समाचार