प्रधानमन्त्री देउवाले बालुवाटारलाई पार्टी कार्यालय बनाएः बृहत् नागरिक आन्दोलन

बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी निवास बालुवाटारलाई पार्टी कार्यालय नबनाउन आग्रह गरेको छ ।
नवनियुक्त प्रधानमन्त्री देउवाले बालुवाटारस्थित प्रधानमन्त्री निवास सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेस पार्टी बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिन खोजेको बृहत् नागरिक आन्दोलनको आरोप छ । जनताबाट संकलित करको अपमान नगर्न बृहत् नागरिक आन्दोलनले सरकारको ध्यानाकर्षण समेत गरेको छ ।०००

मुख्य समाचार राजनीति