एमाले विवाद समाधान गर्न गठित कार्यदल खारेज

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल खारेज भएको छ । स्थायी समितिको शुक्रबार बसेको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको हो ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले कार्यदलले बुझाएको सहमति प्रस्तावलाई बैठकले ग्रहण र अनुमोदन गरेको जानकारी दिनुभएको हो । उहाँले बैठकले कार्यदललाई धन्यवाद दिएको जानकारी समेत दिनुभयो ।

बैठकले देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ ।

मुख्य समाचार राजनीति