लामो दूरीमा चल्ने सार्वजनिक यातायात खुलाउने तयारी

काठमाण्डौ । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायात खुलाउने तयारी गरेको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीले लामो दूरीमा चल्ने सार्वजनिक यातायात खुलाउन मन्त्रीपरिषदमा सिफारिस गरेको हो । आवश्यक सर्तसहित लामो दूरीका यातायात खुलाउन सीसीएमसीले मन्त्रीपरिषदमा सिफारिस गरेको हो ।

यातायात व्यवसायीहरुले आवश्यक परेमा पुनः बन्द गर्न सकिने गरी तत्काललाई भने लामोदुरीको यातायात खुलाउन माग गरिरहेका छन । लामो दूरीको यातायात खुलाउँदा अन्तर–जिल्ला सहजीकरण गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्ले नै अनुमति दिनुपर्ने सीसीएमसीले जनाएको छ । अब बस्ने मन्त्रिपरिषद बैठकमा यस विषयमा छलफल भइ निर्णय हुने बताइएको छ ।०००

मुख्य समाचार समाचार