एमाले स्थायी कमिटी बैठक भोली बस्दै, नेपाल पक्षलाई पनि बोलाइयो

काठमाण्डौ । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

स्थायी कमिटीको बैठक भोली विहान ११ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । भोली संसद बैठक बोलाइए पछि पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको उहाँले बताउनुभयो ।

बैठकमा माधव नेपाल पक्षलाई पनि बोलाइएको बताइएको छ ।०००

मुख्य समाचार राजनीति