कोटेश्वरमा माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन्।


नेपाललाई भेट्न शनिबार दिउँसो प्रचण्ड कोटेश्वर पुगेका हुन्। उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले बतायो।


प्रधानमन्त्री शेरबहादुर देउवा बनेपछि नेपालले गठबन्धनमा सहभागी नहुने बताइसकेका छन्। तर गत बिहीबार बसेको गठबन्धनको बैठकमा आफू सहभागी नभए पनि उनले प्रतिनिधि पठाएका थिए।

मुख्य समाचार राजनीति