१ हजार ८ सय ७५ जनामा कोरोना पुष्टि

काठमाण्डौ । नेपालमा आज थप १ हजार ८ सय ७५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार ८ सय ५८ पीसीआर परिक्षणमा १ हजार ३ सय १० र ३ हजार २ सय ८ एन्टीजेन परिक्षणका क्रममा ५ सय ६५ जनामा कोरोना पुष्टि भएको जनाएको छ । आज काठमाडौं उपत्यकामा ४२८ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १४ हजार २ सय ४८ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोराना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ६४ संक्रमित निको हुँदा

नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको छ । मुलुकभर हाल २५ हजार ९५२ सक्रिय संक्रमित आइशोलेशन र ३ सय ३७ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म नेपालमा ३४ लाख ६३ हजार ५७ पिसिआर र २ लाख ५९ हजार ८३१ एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।००००

मुख्य समाचार