लाल गद्दार होशियार भन्दै हेटौंडामा माधव नेपाल र विरोध खतिवडाको पुत्ला दहन

हेटौंडा – लाल गद्दार होशियार भन्दै सोमबार साँझ हेटौंडाको बुद्धचोकमा माधव नेपाल र विरोध खतिवडाको पुत्ला दहन गरिएको छ ।

अनेरास्ववियु मकवानपुर,राष्ट्रिय युवा संघ नेपाल, खेलकुद महासंघ लगायतका भातृ संगठनहरुले माधव नेपाल र बिरोध खतिवडालाई लाल गद्दार घोषणा गर्दै पुत्ला दहन गरेको हो ।

हिजो संसदमा प्रधानमन्त्री शेरबहादुर देउबाले विश्वासको मत माग्दा एमालेका माधवकुमार नेपाल , विरोध खतिवडा सहित २२ जनाले एमालेको निर्देशन विपरीत देउबालाई मतदान गरेका थिए । त्यसैको विरोध स्वरुप युवाहरुले विभिन्न नारा लगाउँदै नेताद्वयको पुत्लादहन गरेका हुन् ।

मुख्य समाचार राजनीति समाचार