प्रधानमन्त्री देउवाले दिए ओलीलाई धन्यवाद

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामको निरन्तरता र कमिकमजोरीहरु सुधार गर्दै जाने बताउनु भएको छ ।
पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री देउवाले साढे तीन वर्ष सरकारको नेतृत्व गरेका ओलीलाई असल कामका लागि धन्यवाद दिनु भएको हो । सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले सरकार प्रतिनिधि सभाप्रति उत्तरदायी बन्नुपर्ने बताउनुभयो ।

जनताको लामो बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउनु सबै राजनीतिक दलको कर्तव्य भएको र यसका लागि सबैको सहकार्य आवश्यक भएको उहाँको भनाइ थियो । उहाँले आफ्नो सरकारको मुख्य प्राथमिकता नेपाली नागरिकलाई कोरोना भाइरसबाट जोगाउनु रहेको बताउनुभयो । जनताको जीवन जोगाउन सरकारले सबै उपाय अवलम्बन गर्ने प्रधानमन्त्री देउवाको भनाई छ ।०००

मुख्य समाचार राजनीति समाचार