भुमि समस्या समाधान आयोग खारेज, १४ लाख भुमिहिनले कहिले लालपुर्जा पाउछन ?

काठमाडौं । सरकारले भुमि समस्या समाधान आयोग खारेज गरेको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को वैठकले आयोग खारेज गर्दै आयोगको केन्द्र र जिल्लास्थित सम्पुर्ण संरचना बन्द गर्नै निर्णय गरेको हो । सरकारको उक्त निर्णयसँगै केन्द्रका आयोगका पदाधिकारी र ७७ जिल्लाका आयोगका सदस्यहरु बर्खास्तीमा परेका छन । केपि शर्मा ओली नेतृत्वको सरकारले केन्द्रमा नेकपा (एमाले)का नेता देवी ज्ञवालीको नेतृत्वमा भुमि समस्या समाधान आयोग गठन गरेको थियो । यस्तै जिल्लामा एक अध्यक्ष सहित २ जना सदस्यलाई उपसचिव र अधिकृत तहको सेवासुविधा पाउने गरी नियुक्ती गरिएको थियो । तर शेर बहादुर देउवा प्रधानमन्त्री भएसँगै आयोग खारेज भएको हो ।

राजनितिक नियुक्ती भएपनि आयोगले भुमि सम्वन्धि धेरै काम अघि बढाईसकेको थियो । आयोगले देशभरका स्थानीय तहमार्फत गरिएको प्रारम्भिक लगत अनुसार देशभरी १४ लाख भूमिहीन परिवार रहेको निश्कर्ष निकालेको छ । आयोग खारेज भएसँगै १४ लाख भुमीहिनले कहिले लालपुर्जा पाउछन त ? भन्ने बिषयले चर्चा पाएको छ ।

सम्भवत देउवा सरकारले अब छिट्टै नयाँ पदाधिकारी सहित भुमि समस्या समाधान आयोग पुर्नगठन गरि भुमीहिनको समस्या समाधान गर्नुहुनेछ ।

मुख्य समाचार समाचार समाज