एमालेको नेपाल पक्षले अर्कै पार्टी खोल्ने

काठमाण्डौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहको बैठकमा सांसदहरुले कानुनले दिएसम्म नयाँ पार्टी खोलेर अघि बढ्नुपर्ने सुझाब दिएका छन् । नेता मेटमणि चौधरीले आजको बैठकबारे जानकारी दिँदै भने, ‘नेकपा एमालेलाई सग्लो राख्ने अन्तिमसम्म प्रयास गर्छाैँ । केपी ओली जस्तो लोफर मान्छे लोफर शासकका कारण एमालेलाई सग्लो राख्न सकिँदैन । कानुनले दिन्छ भन्ने नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने सम्म सुझाब आएको छ ।’

उक्त सुझाबबारे कानुन व्यवसायीसँग छलफल गरिने चौधरीले जानकारी दिए । ‘कानुन व्यवसायीसँग छलफल गर्छाैँ । कानुनले दिन्छ भने त्यसै हुन्छ,’ उनले भने ।
त्यस्तै उनले ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको बैठकबाट हटाउने बारे पनि छलफल भएको जानकारी दिए ।

‘केन्द्रीय कमिटीमा बहुमत पुर्‍याएर पार्टी अध्यक्षबाट हटाउने वा संसदीय दलमा पनि बहुमत पुग्ने भएकोले संसदीय दलको नेताबाट हटाएर नयाँ ढंगबाट अघि बढ्ने विषयमा सुझाब आयो,’ उनले भने ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए । आज तीनै २२ सांसदहरुबीच काठमाडौँको बानेश्वरस्थित अर्याल होटलमा छलफल भएको हो ।

 

मुख्य समाचार राजनीति