एमाले नेता झलनाथ खनालको उपचारका लागि ३० लाख रुपैयाँ निकासा

काठमाडौं । सरकारले नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि ३० लाख रुपैयाँ निकासा गरेको छ ।

नेता खनाल दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत रहनुभएको छ ।

नेता खनालको मिर्गौला प्रत्यारोपण गरिने एमाले नेताहरुको भनाई छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो ।

दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको अर्थ मन्त्रालय उच्च स्रोतले जनाएको छ ।

एमाले उपमहासचिव विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहँदा नै यो रकम निकासा भइसकेको बताइएको छ ।

मुख्य समाचार राजनीति