भाडा बढाउन माग गर्दै सडकमा बस र ट्याक्सीको जुलुस

काठमाण्डौ । सार्वजनिक यातायात व्यवसायी भाडा बढाउन माग गर्दै विरोधमा उत्रिएका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघको आयोजनामा व्यवसायीहरु डिजेल, मूल्यवृद्धि, महँगी बढ्दा पनि भाडा नबढेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । २० वर्षे पुराना गाडीलाई केही समय चल्न दिनुपर्ने, सडक ऐन जारी गर्नुपर्ने, मौद्रिक नीतिमा महामारीमा प्रभावित भएका सार्वजनिक यातायात क्षेत्रलाई राहतको व्यवस्था गर्नुपर्नेलगायतका माग रहेको महासंघले जनाएको छ । सार्वजनिक बस र ट्याक्सी व्यवसायीले विभिन्न स्थानबाट ¥याली निकालेका थिए ।

आन्दोलनको कारण काठमाडौं उपत्यकास्थित चक्रपथ हुँदै चल्ने सवारीसाधनको आवागमन बढी प्रभावित भएको ट्राफिक प्रहरीका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले जानकारी दिनुभयो ।

मुख्य समाचार