काठमाडौं आइपुग्यो १० लाख डोज भेरोसेल खोप, फेरी १० लाख आउँदै

काठमाडौं । कोरोना भाइरस विरुद्धको थप १० लाख डोज भेरोसेल खोप काठमाडौं ल्याइएको छ । आज दिउँसो २ः१५ मा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बेइजिङबाट काठमाडौं आइपुगेको हो ।

थप १० लाख डोज खोप लिनका लागि निगमको जहाज आज राति ११ बजे बेइजिङ जाने र भोलि दिउँसो २ बजे काठमाडौं फर्कने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो ।

नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको छ । बाँकी खोप लिन शनिबार निगमको जहाज बेइजिङ जाने छ ।

मुख्य समाचार स्वास्थ्य