माधव नेपालले बुझाए स्पष्टीकरणको जवाफ, के के छन त पत्रमा ?

काठमाण्डौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च आदलतको फैसला अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको स्पष्टीकरण दिनु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणमा जवाफ दिँदै नेता नेपालले सर्वोच्चको फैसला र लोकतात्रिक मूल्य मान्यता अनसार देउवालाई विश्वासको मत दिएको बताउनु भएको हो । फागुन २३ गतेको सर्वोच्चको फैसलापछि नयाँ परिस्थितिमा पुनः पार्टी एकता प्रक्रियाअघि बढाउनुको साटो एउटा विचार समूहलाई मात्र लिएर हिँड्दा समस्या आएको उहाँका भनाई थियो । गत फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेपछि अध्यक्ष ओलीले प्रधामन्त्री र दल नेताबाट राजीनामा दिनुको साटो सत्तामा रहिरहने प्रवृत्ति देखाएको उहाँको आरोप छ । ७ जेठमा फेरि प्रतिनिधिसभा विघटन गर्नु ५ पुसकै निरन्तरता भएको निष्कर्षसहित आफूहरु संसद पुर्नस्थापना र वैकल्पिक सरकार निर्माणमा लागेको नेता नेपालले बताउनु भएको छ ।

नेपाल समूहका अन्य सांसदहरुले पनि पार्टीले सोधेको स्पष्टीकरण दिने तयारी गरेका छन । केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा एमाले अध्यक्ष ओलीले बुधवार नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।०००

मुख्य समाचार राजनीति