गण्डकी प्रदेशमा माओवादी केन्द्रले टुङ्ग्यायो तीन मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

काठमाण्डौ। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशको गठबन्धन सरकारमा जाने तीन मन्त्रीको टुङ्गो लगाएको छ ।

माओवादी केन्द्रले अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगरलाई पठाउने निर्णय गरेको सांसद दीपक कोइरालाले जानकारी दिनुभयो । नेपाली कांग्रेससँग बिहीबार मन्त्रालय भागवण्डामा सहमति भएपछि माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री चयन गरेको हो ।

गण्डकीमा ११ मन्त्रालयमध्ये माओवादीले ४ मन्त्रालय पाउने सहमती भएको थियो । यसअघि माओवादीबाट मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसक्नु भएको छ । नवनियुक्त मन्त्रीहरुको शुक्रबार १ बजे शपथ ग्रहण गर्ने तयारी गरिएको छ ।

मुख्य समाचार राजनीति