नेपाल पक्षका सांसदहरुलाई आममाफी दिने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् ।

पृष्पलाल स्मृति दिवसको अवसरमा तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पुष्पलाललाई साक्षी राखेर भन्छु – सबैलाई माफी छ, आउनुहोस् सबै मिलेर आन्दोलन सफल बनाऔं ।’

ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गरे । ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ,’ उनले भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’

ओलीले एमाले पार्टी कर्कलाको पातमाथि रहेको पानीजस्तो हावाले हल्लाएर खस्ने अवस्थामा नरहेको बताएका छन् ।

विपक्षी गठबन्धनसँग मिलेको आरोप लगाउँदै एमालेले नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ 

मुख्य समाचार राजनीति समाचार