गण्डकीमा मन्त्रिमण्डल बिस्तार, को-को भए मन्त्री?

काठमाण्डौं । गण्डकी प्रदेशमा थप ६ जना मन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराउनुभएको छ । मन्त्री हुनेहरुमा कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री रहनुभएको छ ।

यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिनुभएको छ । यस्तै माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू–संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिनुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा) ले भने शपथ कार्यक्रम बहिस्कार गरेको छ । आफूहरुसँग भएको सहमति उलंघन भएको भन्दै जसपाले थपथ कार्यक्रम बहिस्कार गरेको हो ।गण्डकी प्रदेशमा हाल सामाजिक विकास मन्त्री कुमार खड्का, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे), स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री हरिशरण आचार्य रहनुभएको छ ।

प्रदेश समाचार मुख्य समाचार राजनीति