अनलाइनबाटै सवारी कर भुक्तानी गर्न सकिने प्रणाली सुरु

काठमाण्डौं । बाग्मती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ ।
बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले आजदेखि यातायात सम्बद्ध सबै कर अनलाइनबाटै तिर्न सकिने जानकारी दिनुभयो । सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो ।

यो सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौडाबाट उद्घाटन गर्ने कार्यक्रम छ । यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ । त्यस्तै वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनेछ ।००००

प्रदेश समाचार मुख्य समाचार