लामो दुरीको सवारीसाधन सञ्चालन गर्न दिने सरकारको निर्णय

काठमाण्डौ। सरकारले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालन गर्न अनुरोध गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयबाट परिपत्र आएको र सोही अनुसार सूचना जारी गरिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध गरिएको उहाँले बताउनुभयो । यात्रा गर्नेहरूलाई टिकट काटेर मात्रै यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।०००

मुख्य समाचार