मकवानपुरगढीबाट पार्टी एकताको सन्देश , एमाले पार्टी फुट्न दिँदैनौं

मकवानपुरगढी- नेकपा एमाले मकवानपुरगढी गाउँकमिटी सचिवालय बैठकले पार्टीलाई फुट तर्फ नभै एक ढिक्का बनाएर लैजाने निणर्य गरेको छ । मक्रान्चुलीमा शनिबार सम्पन्न भएको नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीले सो निर्णय गरेको हो । पार्टीका संयोजक तेज प्रसाद लंसालको अध्यक्षतामा बसेको बैठकमा एमालेका दुबै पक्ष(ओली र नेपाल) का नेताहरुको सहभागिता रहेको थियो ।

केन्द्रीय कमिटीले २०७५ जेष्ठ २ गते अघिको कमिटीलाई आधिकारीक मानेर अरु कमिटीहरुलाई निष्क्रिय पार्ने निणर्य गरे संगै बैठक बसेको सचिवालय सह संयोजक एवम् गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले बताउनु भयो । स्थानीय कमिटीहरुको यो निणर्यले कार्यकर्तामा आशा जगाएको छ भने नेतृत्वलाई दबाब दिएको छ ।

नेकपा एमाले सत्तामा हुँदा नेताहरुमा देखिएको असन्तुष्टि सरकार बाहिर आए पछि पार्टी भित्र गम्भिर समिक्षा सुरु भएको छ । पार्टी केन्द्रमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधबकुमार नेपाल बिच बिगतका तिक्ततालाई भुलेर पार्टीलाई शसक्त बनाउन पहल सुरु भईरहेका बेला बैठकले नेतृत्वलाई सन्देश दिएको एमाले जील्ला कमिटी उपाध्यक्ष बद्रि लंसालले बताउनु भयो ।

बैठकमा दुबै पक्षका नेताहरुको सहभागिता रहेको थियो । एमाले फुटको संघारमा पुगेका बेला गम्भिर समिक्षा गर्दै पार्टीलाई एक ढिक्का बनाउन बैठकले सुझाव दिने निर्णय भएको बताइएको छ ।

मुख्य समाचार राजनीति