धादिङमा १० दिनदेखि बेपत्ता युवती मृत अवस्थामा फेला

काठमाडौं । धादिङमा १० दिनदेखि बेपत्ता युवती मृत अवस्थामा फेला परेकी छिन् ।

धादिङको गजुरी गाउँपालिका वडा नं. ८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको धादिङ प्रहरीका डीएसपी युवराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार शव सडेको अवस्थामा बरामद भएको छ । पोष्टमार्टमका लागि शव उठाइसकेको उहाँले बताउनुभयो ।

मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्नेछ । घटनास्थलबाट युवतीको घर ३ सय मिटरको दूरीमा छ ।०००

मुख्य समाचार समाचार