हेटौंडामा प्रदेश सहकारी विकास बोर्डको कार्यालय उद्घाटन

हेटौंडा – बागमती प्रदेश सहकारी विकास बोर्डको कार्यालय हेटौंडा -४ गरुडपथमा सोमबार उद्घाटन गरिएको छ । बागमती प्रदेश भुमी ब्यवस्था , कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले आज रिबन काटेर कार्यालय उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा , प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष टीका बल्लभ सापकोटा ,बागमती प्रदेश भुमी ब्यवस्था , कृषि तथा सहकारी मन्त्रालयका सचिव मतिना बैद्य ,सहकारी विभागका रजिस्ट्रार विक्रम प्रसाद पाण्डेय लगायतकाको उपस्थिति रहेको थियो ।

प्रदेश समाचार मुख्य समाचार