विघटित कार्यदलका नेताहरूबीचको छलफल निष्कर्षविहिन

काठमाण्डों । नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरूबीचको आजको छलफल विना निष्कर्ष सकिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आज दिउसो ३ बजे स्थायी कमिटी बैठक बोलाएपछि कार्यदलका सदस्यहरु छलफलमा जुटेका थिए । आज सिंहदरबारमा बसेको अनौपचारिक बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको हो । ओली पक्षका नेता सुवास नेम्वाङले पार्टी एकताका पक्षमा आफूहरु निरन्तर छलफलमा लागिरहेको बताउनुभयो ।

यस्तै नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि आफूहरु पार्टी एकतालाई जोगाउनुपर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले यसअघि भएको १० बुँदे सहमतिलाई मुख्य आधार बनाएर छलफल भएको जानकारी दिनुभयो ।००००

मुख्य समाचार राजनीति