सहकारीकर्मी कर्मचारी सहकारीको छलफल तथा भेटघाट(फोटोफिचर)

मकवानपुर- श्रावण १५ खिर खाने दिनको अवसर पारी शुक्रबार दुग्ध सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरू बिच छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष, केन्द्रिय दुग्ध सहकारी संघ एवम् मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको विशेष आतिथ्यता रहेको थियो ।

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाले संचालन गर्न लागेको दुग्ध विविधीकरण परियोजना स्थल भिमफेदी गाउँपालिका वडा नं १ बुङ्दलमा कार्यक्रम आयोजना गरिएको हो । श्रावण १५ को उपलक्ष्यमा उपस्थित सबैलाई खिर खुवाईएको थियो ।

संस्थाका अध्यक्ष कुमारमणी दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष बलराम घिमिरेले आमन्त्रित अतिथि लगायत सहभागी सदस्यहरुलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम संचालन सहकारी संस्थाका सचीव गोविन्दप्रसाद दाहालले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिद्वयलाई गहन जिम्मेवारी बहन गर्ने अवसर प्राप्त भएकोमा सम्मान गरिएको थियो । बागमती प्रदेश सहकारी विकास बोर्डको कार्यकारी उपाध्यक्षमा नारायण प्रसाद देवकोटा , बागमती प्रदेश दुग्ध विकास बोर्डको सदस्यमा बासुदेव अधिकारी र संस्थाका पुर्व उपाध्यक्ष बिदुर हुमागाई मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष हुनुभएकोमा सम्मान गरिएको हो ।

सो कार्यक्रममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका संचालकहरुको आतिथ्यता रहेको थियो । संस्थाले गरेका समसामयिक गतिविधिका विषयमा छलफल भएको संस्थाका अध्यक्ष कुमारमणी दाहालले बताउनुभयो ।

मुख्य समाचार सहकारी