मकवानपुरगढीमा बिहीबार एक्कै दिन ११ जना संक्रमित,वडा नं ३ मा नै ८ जना

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकामा बिहिवार आज एक्कै दिन ११ जना संक्रमित थपिएका छन् । थपिनेमा अधिकांश ३ नं वडाका रहेका छन् । आज थपिनेमा वडा नं ३ का ५ जना महिला र ३ जना पुरुष गरि ८ जना , वडा नं ४ का १ जना पुरुष र वडा नं ६ का २ जना पुरुष रहेका छन् ।

आज थपिएका संक्रमित मध्ये एन्टिजेन परिक्षणबाट ६ जना र हेटौंडामा गरिएको RT-PCR परिक्षणबाट ५ जनामा संक्रमण पुष्टि भएको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो।

हालसम्ममा दोश्रो लहरबाट मकवानपुरगढी गाउँपालिकामा संक्रमित हुनेको संख्या ३२६ जना पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या २८६ रहेको छ ।

आजको दिन सम्ममा सक्रिय संक्रमितको संख्या ४० जना रहेकोमा होमआइसोलेसनमा ३३ जना ,कोभिड -१९ आइसोलेसन सेन्टर मक्रान्चुलीमा ५ जना र अस्पतालमा २ जना उपचाररत रहेको स्वास्थ्य प्रमुख लामिछानेले बताउनुभयो ।

आइशोलेसन वार्ड्बाट आज १ जना डिस्चार्ज भएका छन् भने आज संक्रमणको १४ दिन पूरा गरि संक्रमणमुक्त हुने २ जना रहेका छन् । हालसम्म मकवानपुरगढीमा कोरोना संक्रमण कै कारण ५ जनाको ज्यान गएको लामिछानेले बताउनुभएको छ ।

समाचार स्वास्थ्य