देउवालाई विश्वास मत नदिने सुरेन्द्र र योगश गएनन् माधव पक्षको बैठकमा

काठमाडौं । माधव नेपाल पक्षले बोलाएको केन्द्रिय समितिको बैठकमा सुरेन्द्र पान्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् । नेपाल पक्ष निकट मानिने पान्डे र भट्टराई नै बैठकमा नगएको बताइएको छ ।

कन्ट्याक्ट ट्रेसिङमा परेकाले उनीहरु बैठकमा नगएको दावि गरिएको छ । माधव नेपालको सचिवालयले पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको दावी गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बेलामा पनि दुबै नेताले सदन बहिस्कार गरेर हिँडेका थिए । भट्टराईले भने सर्वोच्च अदालतमा सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दिएको निवेदनमा पनि हस्ताक्षर गरेका थिएनन् ।

मुख्य समाचार राजनीति