माधव पक्षको बैठक सुरु, विवाद आजै वारपार हुने अनुमान

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । अहिले बुद्धनगरस्थित एक ब्यांक्वेटमा सुरु भएको बैठकले एमाले विभाजन हुने कि नहुने भन्ने विषयमा टुंगो लगाउने बताइएको छ ।

माधव पक्षका केही नेताहरु एमाले फुटाउन नहुने पक्षमा छन् । भने केही नेताहरु ऐमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलिर अगाडि बढ्न नसकिने बताइरहेका छन् । माधव पक्षकै कारण केन्द्रमा काँगेकले प्रधानमन्त्री हुने अवसर पाएको छ ।

ओली पक्षले हिजो साँझ विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरिसकेको छ । ओली पक्षले बैठक अवैधानिक भएको पनि बताएको छ ।

मुख्य समाचार राजनीति