एमालेले बनायो ९ विभाग, हेर्नुहोस कुन विभागको जिम्मा कस्लाई ?

काठमाण्डौं । नेकपा एमालेले ९ वटा विभाग गठन गरेको छ ।

आज बसेको एमाले स्थायी समिति बैठकले पार्टी एकताको माहोल बनेको खण्डमा वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई समेत समेट्ने गरी ९ विभाग गठन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

विभागमा संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, प्रचार विभाग, पर्यटन प्रबद्र्धन विभाग, स्कुल विभाग, विदेश विभाग लगायतका रहेका छन् । जसअन्तर्गत स्कुल विभाग प्रमुखमा अध्यक्ष केपि शर्मा ओली, संगठन विभागको प्रमुखमा उपमहासचिव विष्णु पौडेल, संसदीय विभागको प्रमुखमा उपनेता सुवास नेम्वाङ, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली र पर्यटन प्रवर्द्धन विभाग प्रमुखमा भानुभक्त ढकाल रहनु भएको छ । विदेश विभाग प्रमुखमा डा. राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नि खरेल र स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल रहनु भएको छ ।

प्रवक्ता ज्ञवालीका अनुसार विभागहरु २५ सदस्यीय हुनेछन् । तर अहिले आर्थिक विभागमा २ जना मात्र छन् भने निर्वाचनमा ६, स्कुलमा ११ सदस्य छन् भने अरुमा १४÷१५ सदस्य रहेका छन् । आगामी २४ गते बस्ने केन्द्रीय कमिटीले थप निर्णय गर्ने प्रवक्ता ज्ञवालीको भनाई छ । आजको बैठकले पार्टीलाई नयाँ गतिकासाथ सशक्त ढंगले अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।००००

मुख्य समाचार