एक वर्षमा नेपालीले चपाएर थुके १ अर्ब १९ करोड

काठमाडौं । नेपालीले एक वर्षमा विदेशबाट आयात भएको १ अर्ब १९ करोडको चुईगम खाएका छन् । नेपाल सरकारलाई कसरी बैदेशीक व्यापार घाटा कम गर्ने भन्ने चिन्ता परेको बेला सामान्य बस्तु आयात वृद्धि भएको छ ।

कुन बस्तु कति आयात ?

१) चुईगमः १ अर्ब १९ करोड

२) साबुनः १ अर्ब ९६ लाख

३) स्याम्पूः १ अर्ब १९ करोड १४ लाख

४) कपाल कोर्ने काईयोः १४ करोड ६१ लाख

५) टाँकः २ करोड २९ लाख

६) दात कोट्याउने सिन्काः १ करोड ५७ लाख २९ हजार

७) दाँत माझ्ने ब्रसः ३१ करोड बढी

८) दाँत माझ्ने मञ्जनः ६९ करोड २३ लाख

९) अनुहारमा लगाउने क्रिमः ७९ करोड ४३ लाख

१०) भुसुना मार्ने इलेक्ट्रिक मेशिन (सानो)ः २८ करोड

११) कपाल रंग्याउने (हेयर डे)ः ४५ करोड १० लाख

१२) तासः २८ करोड ६२ लाख

१३) सिन्के धूपः ५२ करोड

१४) बच्चाको डाईपरः १ अर्ब ५३ करोड

आर्थिक वर्ष २०७७÷०७८ मा आयात घटेर निर्यात बढ्दा व्यापार केही कम भएको भनिएपनि मसिना मसिना सामानको आयात ह्वात्तै बढेको छ ।

सामान्य लाग्ने क्रिम, काईयो, दात कोट्याउने सिन्का, दात माझ्ने मञ्जन, ब्रस लगायतका बस्तुको आयातमा विदेशीएको नेपाली पैसा अर्बौ छ ।

२०७७ साउन १ देखि २०७८ असार ३१ सम्मको तथ्यांक हो । नेपाल व्यापार सूचना पोर्टलले मोटामोटी हिसाबका आधारमा तयार पारेको तथ्यांक हो ।

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार रोचक समाचार समाज स्वास्थ्य