मकवानपुरगढीमा कोभिसिल्ड खोप लगाएकालाई श्रावण २९ गते दोस्रो डोज लगाईने

मक्रान्चुली- गत फागुन चैतमा कोभिसिल्ड खोपको पहिलो डोज लगाएका मकवानपुरगढीका नागरिकहरुलाई यहि श्रावण २९ गते खोपको दोश्रो डोज दिन लागिएको छ ।

गाउँपालिकाका ८ वटै वडाका स्वास्थ्य केन्द्रबाट बिहान १० बजे देखि ४ बजेसम्म खोप लगाईने भएको हुँदा आफ्नो पायक पर्ने स्वास्थ्य केन्द्रमा पहिलो खोप लगाएको खोप कार्ड सहित उपस्थित भई खोप लगाउन हुन गाउँपालिकाका स्वास्थ्य प्रमुख ध्रुवप्रसाद लामिछानेले सबैमा अनुरोध गर्नुभएको छ ।

मुख्य समाचार स्वास्थ्य