पर्यो भने मालामाल हुने लघुवित्तको आईपीओ खुल्यो, कस्तो हो कम्पनी ?

काठमाडौं । पछिल्लो सयम निरन्तर आईपीओ आइरहेको छ । सबैभन्दा धेरे बढ्ने लघुवित्तको साधारण शेयर आजदेखि खुलेको छ । कम्पनीको ३ लाख ९३ हजार कित्ता बुधबारदेखि सर्वसाधारणलाई खुला भएको हो ।

कुल शेयरमध्ये कम्पनीले १९ हजार ६ सय ८८ कित्ता शेयर म्युचुअल फण्डलाई र ५ हजार ४ सय ६९ कित्ता शेयर कर्मचारीलाई छुट्याएर बाँकी रहेको ६ लाख ६८ हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गर्नेछ ।

सो लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट रहेको छ । आईपीओ जारी भएसँगै कम्पनीको चुक्ता पुँजी १० करोड नाघ्नेछ । मानुषीले जारी पुँजीको ३६ प्रतिशत बराबर आईपीओ जारी गर्न लागेको हो ।

कस्तो हो कम्पनी ?

मानुषी लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त हो । आर्थिक वर्ष २०७६÷७७ मा यो लघुवित्त प्रतिशेयर ४.५३ प्रतिशत नोक्सानमा रहेको थियो । सो आर्थिक वर्षमा यसको प्रतिशेयर नेटवर्थ १ सय ३२ रुपैयाँ ६९ पैसा छ ।

अर्थ मुख्य समाचार