हुप्राचौरको सरसफाइ गर्दै नगर खेलकुद बिकास समितीले स्थापना दिवस मनायो


हेटौडा / हेटौडा उपमहानगरपालिका नगर खेलकुद बिकास समितिको आज प्रथम स्थापना दिवस मनाएको छ ।
खेलकुद बिकास समितिले लोकतान्त्रिक पार्क (हुप्राचौर)मा सरसफाई कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, बागमती प्रदेश युवा परिषदका कार्यकारी उपध्याक्ष सन्तोष चौलागाई, जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिवहरि दाहाल, हेटौडा उपमहानगरपालिका २ नं वडा सदस्य महेश्वरमान श्रेष्ठ, प्रदेश खेलकुद परिषदका सदस्य माधब तिमल्सिना, युवा नेताहरु कृष्ण लामिछाने, समिम खान, नरेन्द्र भण्डारी, नेपाल खेलकुद महासंघ मकवानपुरका अधक्ष्य सबिन मुक्तान , हेटौडा उपमहानगरपालिका शिक्षा बिकाश महाशाखा प्रमुख, सामाजिक बिकाश शाखा प्रमुख, विभिन्न खेल सम्बद्द संघ संस्थाका प्रमुखहरु तथा खेलाडीहरुको उपस्थित रहेको थियो । कार्यक्रम नगर खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै खेलकुद बिकाश समितिका अध्यक्ष चन्द्र शाहीले कार्यक्रमलाइ सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णलाइ धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा नगर खेलकुद बिकाश समिति खेलाडी र खेलकुदको बिकास र बिस्तारमा योजना बनाइ अगाडि बढने बताउनुभयो ।

अध्यक्ष शाहीले वार्षिक तालिका अनुरुप खेल कार्यक्रम निर्धारण गर्ने, नगर हाता भित्र खेलाडी प्रोत्सहन र बिकाशमा प्रमुख जोर्ड दिने र युवा समूहलाइ प्राथमिकतामा राखी आफ्नो कार्यक्रम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । नगर खेलकुद बिकास समितिले स्थापना दिवसको अबसरमा हुप्राचौरमा नै केक काटेर खेलाडीहरुलाइ बितरण गरिएको थियो ।

खेलकुद मुख्य समाचार समाचार समाज स्थानीय