उपत्यकाका प्रजिअको बैठक बस्दै, निषेधाज्ञामा कडाई गर्ने तयारी

काठमाण्डौं । काठमाण्डौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । कोरोना संक्रमण तथा जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञाबारे थप छलफल गर्न आज तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीबीच बैठक बस्न लागेको हो ।

काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो भएसंगै संक्रमणको दर बढिरहेको छ । निषेधाज्ञा खुकुलो हुनुअघि र खुकुलो भएपछिको अवस्थालाई तुलना गर्ने हो भने अहिले उपत्यकामा  धेरै संक्रमितहरु देखिन थालेका छन् । संक्रमितको संख्या घटाउनका लागि निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने विज्ञहरुले सुझाव दिंदै आएका छन् ।

कोरोना संक्रमण बढी रहेका कारण काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समय थप बढाउने संगै कडाई गर्ने तयारी भइरहेको जनाइएको छ । यसअघि जारी गरिएको निषेधाज्ञा साउन २७ (बुधबार) बाट सकिँदै छ ।

मुख्य समाचार