अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषदले गर्यो रक्तदान कार्यक्रम

 

हेटौंडा / बागमती प्रदेश युवा परिषद्को कार्यालयको आयोजना तथा जिल्ला युवा समिती मकवानपुरको संयोजनमा हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषदले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रमको बागमती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले युवाहरु मानबीय सेवामा समर्पित हुँदै देश बिकाशको महान अभियानको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।
उहाँले युवाहरुको सर्वाङ्गिन बिकास र परिचालन गर्नको लागि युवा परिषदको स्थापना गरीएको बताउनुहुदै युवा वर्गको समुचित विकास, परिचालन र सहभगितामा नै सीप, पुँजी र प्रविधिका साथै युवाशक्तिलाई समयको गतिसँगै परिचालन गर्न परिषदलाई निर्देशन दिनुभएको थियो ।

जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईं, मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाईं, सदस्य उत्सब चौलागाईं, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका कोषाध्यक्ष पिताम्बर बास्तोलाल लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ३३ जना रक्तदाताहरुले रक्तदान गरेको जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

“खाद्य प्रणालीमा रुपान्तरण,मानव र भुमण्डलीय स्वास्थ्य को लागी युवा नवप्रवर्तन “भन्ने नारा सहित यस बर्षको अन्तर्राष्ट्रिय युवा दिवस मनाइदैछ ।

मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य