तालिवान लडाकुले कब्जा गर्दै राजधानी काबुल,शान्तिपूर्ण आत्मासमर्पण गर्न अफगान सरकारलाई आग्रह

काठमाडौं । अफगानिस्तानमा तालिवान लडाकु समुहले राजधानी काबुललाई नियन्त्रणमा लिने तयारी गरेको छ ।अफगानिस्तानको शासन सत्तामा पुनः कब्जा गर्ने तयारीका साथ तालिवान लडाकू समूहले अफगान सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न चेतावनी समेत दिएको छ ।

तालिवानले आफूहरु वल प्रयोग गरेर काबुल छिर्न नचाहेको भन्दै आफ्ना सबै मुजाहिद्दिनहरुलाई काबुल गेटमै रोकिन निर्देशन दिएको बताएका छन् ।

तालिवान प्रवक्ताले कुनै हिंसाबिना आत्मसमर्पण गर्न सरकारलाई आग्रह गरेको र शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण र संक्रमणकालीन प्रशासनको बारेमा छलफल भइरहेको अफगानिस्तानका एक मंत्रीले बताएको संचारमाध्यमहरुले जनाएका छन् ।

अन्तराष्ट्रिय मुख्य समाचार