मकवानपुरगढीमा आइतबार ४ जनामा कोभिड संक्रमण पुष्टि

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा आइतबार ४ जना कोभिड १९ का संक्रमित थपिएका छन् । थपिनेमा वडा नं ३ का महिला/पुरुष १/१ जना र वडा नं ४ मा पनि महिला र पुरुष १/१ जना गरि ४ जनामा संक्रमण पुष्टि भएको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो । उनिहरु सबैको मकवानपुरगढी मै गरिएको एन्टिजेन परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

आजको रेकर्ड सँगै कोभिडको दोश्रो लहरबाट मकवानपुरगढी गाउँपालिकामा कुल ३४५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ३०२ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको कोभिड संक्रमण कै कारण ज्यान गएको लामिछानेले बताउनुभयो ।

अहिले ३८ जना सक्रिय संक्रमित रहेको र उनिहरु मध्ये होम आइसोलेशनमा ३४ र कोभिड आइसोलेशन सेन्टर मक्रान्चुलीमा ४ जना रहेका छन् ।

मुख्य समाचार स्थानीय स्वास्थ्य