बागमती प्रदेशसभाको बैठक भदौ १ गतेका लागि बोलाइयो

हेटौंडा- बागमती प्रदेशसभाको बैठक बोलाइएको छ । बजेट पारित गरेपछि गत असार २८ मा सभा स्थगित भएको थियो । प्रदेशसभा बैठक करिब १ महिनापछि मंगलबार बस्न लागेको हो ।

भदौ १ गते मंगलरबार दिनको २ बजे प्रदेशसभाको बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । त्यस अघि असार ३२ गरे सोमबार दिउँसो ४ बजे कार्यव्यवस्था परामर्श समिति बैठक बस्नेछ । खड्काले दिएको जानकारी अनुसार प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको छ ।

प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यका अनुसार उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भएका थिए । चालू वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलो पटक प्रदेशसभा बैठक बस्न लागेको हो ।

मुख्य समाचार समाचार