अफगानिस्तानका राष्ट्रपतिले छाडे देश

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् ।

तालिबान विद्रोही समूह राजधानी काबुलको बाहिरी क्षेत्रमा पुगेपछि राष्ट्रपति घानीसँगै उपराष्ट्रपति अमरुल्ला सालेहले पनि अफगानिस्तान छाडेको बीबीसीले जनाएको छ । राष्ट्रपति घानीले देशको सङ्कट सुल्झ्याउने अधिकार भने राजनीतिक नेताहरूलाई सुम्पिएको खबरहरुमा उल्लेख छ । घानी अफगानिस्तानबाट ताजकिस्तान पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ । तालिबानले अफगानिस्तानका मुख्य सहरहरू १० दिनमै नियन्त्रणमा लिएपछि पदबाट राजीनामा दिन घानीमाथि दबाब बढेको थियो ।

यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको पनि खबरहरू सार्वजनिक भएका थिए । केही हप्तादेखि अफगानिस्तानका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले राजधानी काबुलमा शरण लिइराखेका छन् ।०००

अन्तराष्ट्रिय मुख्य समाचार समाचार