भीमफेदीले गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्ने, मुख्यमन्त्री पौडेलद्वारा उद्घाटन

 

हेटौंडा/ मकवानपुरको भीमफेदी गाउँपालिकाले अब आफ्नै नयाँ भवनबाट सेवा प्रदान गर्ने भएको छ ।
सोमबार गाउँपालिकाबाट निर्मित नयाँ प्रशासकीय भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

मुलुक संघीय संरचनामा गएपछि स्थानीय तह घोषणासंगै घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएकोमा पालिका आफ्नै भवनमा सरेको हो । पालिकाको हलसमेत गरेर ४२ कोठे भवनको ठेक्का ७ करोडमा आव्हान भएकोमा ४ करोड १२ लाख रुपैयाँमा ठेक्का कवुल भएर निर्माण सम्पन्न भएको हो ।

२०७६ साल साउन १४ गतेबाट निर्माण सुरु भएको भवन सम्पन्न भई उद्घाटन भएको हो । उद्घाटन सम्पन्न तत्कालै पालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । उक्त भवन आर.एण्ड सि. जेभी काठमाण्डौका कम्पनीले निर्माण सम्पन्न गरेको हो । यसअघि भाडाको घरको एउटै कोठामा दुई भन्दा बढि शाखा राखेर सेवा प्रवाह गरिरहेको पालिकाले अब सहज रुपमा सेवा प्रवाह गर्ने जनाइएको छ ।

उक्त भवनको निर्माणका लागि जिससले ८ कट्ठा ८ रोपनि जग्गा उपलब्ध गराएको हो । साढे तिन तलाको भवन १७ मिटर चौडाई र ३५ मिटरको लम्बाइमा बनेको छ । भवन निर्माणमा संघिय सरकारको एक करोड ४० लाख, जिससले दुई करोड रकम प्रदान गरेको छ भने बाँकी रहेको ७२ लाख ८२ हजार गाउँपालिकाले रकम हालेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन कुवरले बताए ।
भवनको उद्धघाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदीको इतिहास, पुरात्विक महत्वलाई बचाउन पुरानो सहरको रुपमा विकास गर्ने बताउनुभयो ।
प्रदेश सरकारले पालिकामा ६२ वटा योजना पारिदिएको समेत उनले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाल, गाउँपालिकाको उपाध्यक्ष पार्वति राना लगायतकाको
उपस्थिति रहेको थियो ।

प्रदेश समाचार मुख्य समाचार समाचार स्थानीय